सुनसरी र झापामा सवारी दुर्घटना,दुई जनाको मृत्यु

बिराटनगर । सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शनिवार सुनसरीको धरानमा को.१ क ११५९ नम्बरको स्कुलबसले प्र.१-०२-०५२ प १९५२ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका स्कुटर चालक पर्सा घर भई बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत प्रभु दयाल चौधरी र पछाडी सवार निजको श्रीमती २६ बर्षीया अम्बिका माखिमलाई उपचारको लागी घोपा लगिएकोमा उपचारको क्रममा माखिमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यसैगरी झापाको कमल गाँपालिका-३ बोहोरा टोलमा दक्षिणबाट उत्तर तर्फ आईरहेको मे. ११ प ९२०३ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ गई रहेको गई रहेको मे. २ प ५९२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका ९२०३ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ३ का ३० बर्षीय बिरेन्द्र सहनीको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटना भएका सवारी तथा चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले थयप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।