भोजपुरमा सेनाले रोप्यो दुई हजार बिरुवा

भोजपुर, २५ भदौ : वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो ।

सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो । यहाँ तेजपत्ता मसलालगायत बरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियानअन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिनुभयो ।

“वातावरणको संरक्षणका बिरुवा रोपेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो यो अभियान जारी छ । यो अभियानअन्तर्गत जिल्लाका अन्य स्थानमा पनि बिरुवा रोप्ने लक्ष्य छ ।” सेनाले विपद्लगायत विभिन्न सामाजिक क्षेत्रमासमेत आफ्नो गतिवधि बढाएको गणपति थापाले बताउनुभयो ।

सेनाले थालेको बिरुवा रोपण अभियान सरहानिय रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले यसको संरक्षण तथा विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । वृक्षरोपणका लागि सेनालाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो । डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले नाङ्गा डाँडालाई हरियाली बनाउने उद्देश्यले वृक्षरोपण कार्यक्रम गरिरहेको बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।