स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

चितवन, २५ भदौ : जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको केसीले बताउनुभयो ।

जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । छ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये २५ जना चितवनका छन् भने बाँकी अन्य जिल्लाका छन् ।

केसीले गत आवमा तीन हजार चार सय ८२ जनाको परीक्षण गर्दा पाँच सय २८ मा स्क्रब टाइफस सङ्क्रमण देखिएको जानकारी दिनुभयो । “यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मान्छेमा सर्दछ”, उहाँले भन्नुभयो, “माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट मानिसमा लाग्ने गर्दछ ।”

यो जिवाणु झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरानमा बढी देखिने केसीको भनाइ थियो । उहाँका अनुसार यो रोग मानिसबाट मानिसमा सर्दैन ।

लक्षण

स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, शरीरका मुख्य अङ्गहरुले काम गर्न छाड्नुलगायत लक्षण देखिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी केसीले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण भएका बिरामीको समयमा उपचार नगराएमा श्वासप्रश्वासमा समस्या आई सिकिस्त हुने गर्दछन् ।

इसको सङ्क्रमणबाट बाँच्नका लागि खेतबारीमा काम गर्दा वा वनजङ्गल तथा झाडीमा जाँदा लामो कपडा लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री/दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्नेलगायत कार्य गर्नुपर्ने केसीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।