धनकुटा जोरपाटीका खड्का सहित ३ जना पक्राउ
विराटनगर, भाद्र २८ । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो सवा २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा धनकुटाको जोरपाटी गाउँपालिका-६ का ३३ बर्षीय नरेन्द्र खड्कालाई शंकालागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ०३ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी खड्कालाई नियन्त्रणमा लिएको थियो ।
यसैगरी बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीको टोलीले झापाको शिवसतासी नगरपालिका-३ का २६ बर्षीय सुबास तामाङ र ४० बर्षीय भिम प्रसाद तुम्बाहाम्फेलाई भारतबाट नेपाल तर्फ मे.५ प ९१३५ न.को मोटरसाईकलमा आउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ४ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी निजहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।


