तिनकुने हत्याकाण्ड : घटनालगत्तै ट्याक्सी चढेर आफैं प्रहरी चौकी पुगेका थिए दीपेन्द्र

काठमाडौ। काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति चार जनाको विभत्स हत्या भएको छ । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेलको परिवारका तीन जनाको हत्या भएको हो । एक जना भने मोरङका हुन् ।

हत्या गरिएका भुजेल सोही काठ मिलमा सुरक्षा गार्डकारूपमा कार्यरत थिए । मिलभित्रै उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा ७६ वर्षिया सुमित्रा भुजेलको पनि हत्या भएको छ ।

त्यस्तै अर्का मृतक भने मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई हुन् । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।

हत्या घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले २८ वर्षे दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ । उनी तीनकुने नै बस्दै आएका व्यक्ति हुन् । प्रहरीका अनुसार, रक्सीले मातेका राई कपडामा रगत लतपतिएको अवस्थामा आँफै प्रहरी चौकीमा पुगेका थिए । घटनालगत्तै घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए र प्रहरी वृत्त नयाँबानेश्वर पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्य सःमिलमै लामो समय काम गरेर छोडेका थिए । बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै नवीन त्यहाँ आउनेजाने गर्थे । राईका बुबा अहिले धनकुटामा छन् । हत्या भएका नवीन राई उनका साथीसमेत हुन् ।

हत्या भएका कुमार भने उक्त मिलमा २५ वर्षदेखि काम गर्दै आएका थिए । श्रीमतीसँग बस्दै आएका कुमारकी आमा भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । ७६ वर्षिया सुमित्रा कुशे औशीको अवसरमा श्राद्धका लागि काठमाडौं आएकी थिइन् । गैरीगाउँबाट सिनामंगलतर्फ जाने सडक किनारामै जोडिएको दिव्य स–मिल दोलखाको कालिञ्चोक गाउँपालिका घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको हो ।

घटनाको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान शुरू गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।