कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजनिक नीजि साझेदारी सम्वाद कार्यक्रम सम्पन्न

जीवनप्रसाद राई । कोशी प्रदेशको राजधानी बिराटनगरमा भदौ २९ मा नेपाल उधोग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजना र नेपाल कृषि बजार बिकास कार्यक्रम सहजको सहकार्यमा कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजनिक नीजि साझेदारी संम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

कृषिक्षेत्रका लागि निकै महत्व बोकेको यो संम्वाद कार्यक्रममा कृषक, कृषि उधमी, उधोगी, ब्यापारी, बाणिज्य संघका पदाधिकारी, कृषि बिज्ञ, कृषि अभियन्ता लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशमा उत्पादन गर्न सकिने कृषि बस्तुहरु, तिनको प्रशोधन, ब्राण्डिङ र बजारीकरणको बिषयमा बिशेष छलफल भएको थियो । नेपालमा आर्थिक रुपमा सक्षम तथा चलायमान रहेको नीजिक्षेत्र उधोग बाणिज्य महासंघले कृषिको प्रशोधन, ब्राण्डिङ र बजारीकरणमा आकर्षित गर्ने तथा बहुपक्षिय साझेदारी र सहकार्य गर्ने कार्यक्रमको उद्धेश्य हो ।

कार्यक्रममा कृषकहरुको समस्या, उधोगीहरुको समस्या, समाधानका उपायहरु र कृषिक्षेत्रको प्रशोधनमा रहेको संभावनाको बिषयमा महत्वपुर्ण छलफल भएको थियो । कोशी प्रदेशमा उत्पादन भईरहेको कृषिजन्य बस्तुहरुलाई प्रशोधन, ब्राण्डिङ गरि बजारीकरणमा कृषक, कृषि समुह, कृषि सहकारी, सरकार लगायतका सबै संग सहकार्य साझेदारी नगरी समग्र कृषिको बिकास नहुने कार्यक्रमको निश्कर्ष थियो ।

कार्यक्रममा नेपाली कृषिमा रहेको अवसर, भारतले गरिरहेको अभ्यास, कोशी प्रदेशको संभावनामा कृषक, कृषि उधमी, उधमी, स्थानीय सरकार, प्रदेश सरकार र नीजिक्षेत्रले गर्नुपर्ने आगामी मार्गदर्शन बारे प्रदेश कृषि मन्त्रालयका बिज्ञ डा. राजेन्द्र उप्रेतीले प्रस्तुती दिनुभएको थियो । प्रदेश कृषि सचिव डा. लेखराज दाहालले प्रमुख अथितिको आसनबाट बोल्नुहुदै प्रदेश सरकारले कृषिको बिभिन्न क्षेत्रमा साझेदारी गर्ने उद्धेश्य रहेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता उधोग बाणिज्य महासंघ कोशी प्रदेशको उपाध्यक्ष भीम पौडेलले गर्नुभएको थियो ।

उधोग बाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षले कार्यक्मको सहजीकरण गर्नुभएकोमा बिष्णु प्रसाद आयार्च, बिष्णु काफ्ले, लगायत दर्जन बक्ताहरुले सम्बोधन गरेका थिए । स्वागत होटलमा भएको कार्यक्रमलाई संजिब पौडेलले संचालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।