सुवास नेम्वाङका छोरा सुहाङले भने ‘पार्टीले सपोर्ट र आत्मबल प्रदान गर्नेछ भन्ने चाहेको छु’

काठमाडौं, ३० भदौ । हृदयघातका कारण निधन भएका सुवासचन्द्र नेम्वाङका छोरा सुहाङले पार्टीले बाबुको अपुरा सपना पुरा गर्नका लागि आफूहरुलाई आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

समवेदना प्रकटका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलसहित पुगेका नेताहरुलाई आभार व्यक्त गर्दै उनले बाबुले पुरा गर्न बाँकी रहेको कामहरु पूरा गर्न पार्टीले सपोर्ट र आत्मबल दिनेमा आफू विश्वस्त रहेको बताए ।

‘हजुरहरु यहाँ हामीलाई आत्मबल प्रदान गर्न आउनु भएकोमा म एकदम आभारी छु, हाम्रो परिवार आभारी छ । उहाँले गर्नुभएका र अब गर्नपर्ने धेरै कामहरुका लागि यसरी नै आत्मबल प्रदान गरिराख्ने र त्यसलाई सम्पन्न गर्न हामीलाई सपोर्ट र आत्मबल प्रदान गर्नुहुनेछ भन्न चाहन्छु,’– उनले भने ।

पार्टी पंति र राजनीति वृत्तमा पनि सुहाङले बाबुको बाटो पहिल्याउने आकलन गर्न थालिएको छ । सुहाङ पनि कानुन व्यवसायी हुन् । यद्यपि उनी अहिलेसम्म राजनीतिमा सक्रिय छैनन् । राजनीतिलाई पेशा नभएर सेवाको दृटिकोणले हेर्नुपर्ने उनको बुझाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।