श्रद्धा गर्न काठमाडौ गएकी थिइन् शुभद्रा तर…

काठमाडौः दोलखाका कालिञ्चोकका वडा ८का एकै परिवारका ३ जनाले काठमाडौमा भएको विभत्स हत्यामा ज्यान गुमाएका छन् । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा शmुबार हत्या गरिएका चारमध्ये तीन जना दोलखाका तीन जना रहेका छन् । एक जना मोरङ बेलबारी स्थायी घर व्यक्ति रहेका छन् ।

तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका कालिञ्चोक गाउँपालिका वडा ८का काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल रहनु भएको छ । हत्या गरिएमा उहाँसँगै बस्दै आउनु भएकी उहाँकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल रहनु भएको छ ।

शुभद्रा छोरासँग दोलखाबाट श्रद्धा गर्न काठमाडौ जानु भएको परिवारीक स्रोत बताएको छ । हत्या गरिएका कुमार बिगत १५ बर्षदेखि उक्त मिलमा कार्यरत थिए ।त्यसैगरी सोही काण्डमा परी मोरङ बेलबारी स्थायी घर भएका २० वर्षका नविन राई ज्यान गएको छ ।

हत्या ्गरिएका व्यक्तिको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीद्वारा तालिमप्राप्त कुकुर प्रयोग गरी अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीका अनुसार सोही काठमिलमा काम गर्दै आएका कामदारका छोरा दीपेन्द्र राई मध्यरातमा प्रहरीलाई खबर गर्न पुगेका थिए। उनी ट्याक्सी चढेर तिनकुने प्रहरी वृत्तमा पुगेका थिए ।

प्रहरीलाई खवर गर्न पुगेका राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका राई सोही हत्यामामा ज्यान गुमाएका नविन राइका आफन्त हुन । प्रहरीका अनुसार हत्यामा २८ वर्षीय दीपेन्द्र राई सहित अन्य पनि संलग्न छन् । उनीहरु सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीको भनाई छ । जसमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या गर्नु अघि उनीहरु तिनकुनेकै स्नुकर हाउसमा भेट भएका थिए । स्नुकर खेलेपछि उनीहरु मिल प्रवेश गरेका थिए ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा जिल्ला प्रहरी परिसरका काठमाडौंका डिएसपी हरि खतिवडा, रानीपोखरीका डिएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसी र प्रहरी वृत्त वानेश्वरका इन्सपेक्टर विरेन्द्र केसी सदस्य रहनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।