झापामा १५०० जनाको पहिचानको लागि युवा दस्ता गठन

बिर्तामाेड । झापा जिल्लामा १५ सय १ जनाको पहिचानको लागि युवा गठन भएको छ ।

प्रदेशको नाम कोशी खारेजीको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको निमित्त युवा जनशक्ति निर्माण गर्ने, गराउने मूल उद्धेश्यका साथ भाद्र ३० गते विर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा आयोजित घोषणा सभामा युवा गठन गरि घोषणा गरिएको हो ।

प्रदेश नं. पुन: नामाङकन संयुक्त संघर्ष समिति झापाको अायोजनामा आयोजित घोषणा सभामा सभाध्यक्ष पाण्डवलाल चौधरीले पहिचानको लागि युवा झापा जिल्लाको नेतृत्व घोषणा गरेका हुन् । पहिचानवादी युवा नेता सामी पालुङ्वाको संयोजक्त्वमा १५ सय १ सदस्यीय युवा घोषणा गर्दै सह-संयोजकमा सुमन सम्बाहाङ्फे, कर्ण राजवंशी र सदस्य सचिवमा गौरीमान राईलाई जिम्मेवारी तोकिएको घोषणा गर्नुभयो । घोषणा सभामा चौधरीले कोष इन्चार्ज युवा नेतृत्वको बैठकले चयन गर्ने र झापा जिल्लाका हरेक क्लष्टर मिलाएर सचिवालय गठन हुने समेत घोषणा गर्नुभयो ।

पहिचानको लागि युवा गठनमा समन्वयकारी भूमिका निर्वाह गरिरहनु भएका नेपाल अादिवासी जनजाति महासंघ झापाका उपाध्यक्ष केवलराम राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सभामा पहिचानको लागि युवा संघीय संयोजक तथा किरात राई यायोख्खाका केन्द्रीय महासचिव भीम राईले पहिचानको लागि युवा गठन गरिनुको मूल उद्धेश्य र अाचार संहिताको बारेमा प्रष्ट्याउनु भएको थियो ।

झापा जिल्लाका १५ वटा स्थानीय तहबाट सहभागी भएका युवाहरूलाई पहिचानको लागि युवा संघीय सह-संयोजक एबिराज आङ्देम्बेले परेट खेलाएर मार्च पास गराएका थिए ।

घोषणा सभामा शुभकामना मन्तव्य राख्नुहुँदै अतिथि वक्ता प्रदेश नं. १ पुन: नामाङकन संयुक्त संघर्ष संघीय समन्वय समिति अध्यक्ष तथा किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष युवराज जिरेल, नेपाल शेर्पा संघका केन्द्रीय महासचिव लाक्पा शेर्पा, प्रदेश नं. १ पुन: नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिं थेगिम, राष्ट्रिय जनमूक्ति पार्टी (७ घटक) का अध्यक्ष केपि पालुङ्वा, पहिचानवादी नेता सञ्जुहाङ् पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान प्रान्तीय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङ, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव दिलकुमार लाओती, जसपा नेपालका केन्द्रीय सदस्य भीम राई, पहिचानवादी नेता सञ्जुहाङ् पालुङ्वा, मेचे सिवियारी अफातका केन्द्रीय उपाध्यक्ष अग्निमाया मेचे, नेपाल आदिवासी जनजाति महिला महासंघ केन्द्रीय सचिव सनम राजवंशी, धिमाल जातीय विकास केन्द्रमा केन्द्रिय उपाध्यक्ष तथा जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, नेवा देय: दबु प्रदेश सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष भरत कुमार श्रेष्ठ, नेकपा माओवादी झापा जिल्ला इन्चार्ज अग्नि आचार्य लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधि वक्ताहरूले प्रदेशको नाम कोशी खारेज नभइन्जेलसम्म आन्दोलन गरिरहने मूल उद्धेश्यका साथ पहिचानको लागि युवा प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लामा गठन गरिने उद्घोष गरे ।

गएको चुनावमा सत्ताधारी राजनैतिक दलका प्रतिनिधीहरूले पहिचानको अाधारमा प्रदेशको नाम राख्ने भन्दै अाम जनतालाई ढाँटेर जितेर गईसकेपछि एकगोत्रिय नश्लवादी, उपनिवेशवादी नाम कोशी मा ल्याप्चे लाउने ती ढाँट्ने राजनैतिक दलका मतियार ८२ सांसदले प्रदेशको नाम नसच्याएसम्म प्रदेश नं. १ को हरेक सरकारी कार्यक्रमहरूमा अवरोध पुर्याउने वक्ताहरूले चेतावनी दिए ।

अान्दोलनबाट उठेका अावाजलाई संबोधन नगरी राज्य दमनमा उत्रेमा मुलुक नराम्री द्वन्द्वमा फस्ने र शान्तिपूर्ण अान्दोलन क्रान्तिमा बदलिने चेतावनी दिँदै पहिचानको लागि युवा गठन वडा वडासम्म पुर्याएर पहिचानको अान्दोलनको शक्तिको रूपमा गठित युवालाई मुलुकमा भइरहेको भ्रष्टचार, विकृति, विसंगती विरूद्धको कार्यमा अग्रसर गराउँदै भावि दिनको लागि नेतृत्वदायी भूमिकामा एक जिम्मेवार, वफादार, इमान्दार र समाजको एक कुशल सिपाहीको रूपमा स्थापित गराउने समेत वक्ताहरूले उद्घोष गरे ।

प्रदेश नं. १ पुन: नामाङकन संयुक्त संघर्ष समिति झापाका संयोजक तथा नेपाल अादिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा सम्पन्न समारोहको चरणबद्ध कार्यक्रम संयुक्त संघर्ष समिति झापा सदस्य सचिव सेेेसेहाङ् फियाक लिम्बू र पहिचानको लागि युवा झापा सचिव गौरीमान राईले सञ्चालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।