म्याद सकिएको घिउ, अण्डा बेच्ने भाटभटेनीलाई १ लाख रुपैयाँ जरिबाना

ललितपुर – म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकमा रहेकाे भाटभटेनी सुपरमार्केटलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज आइतवार कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको बिग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्टकाे अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख रुपैयाँ जरिबाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार बिग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिबाना गरिएको छ । यस्तै म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार रुपैयाँ जरिबाना गरेको सुनारले जानकारी दिनुभयो ।

‘संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतवारदेखि चाडपर्व लक्षित बजार अनुगमन शुरु गरेको हो । हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलबाड गर्ने गरी खाद्यवस्तु बिक्री/वितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिबाना गरिएको हो’, सहायक प्रजिअ सुनुवारले भन्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरीक्षक अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अखाद्य वस्तुको ‘डिस्पोज’ गरिएको बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।