तीनकुने हत्या प्रकरणका आरोपित सार्वजनिक, जो जन्मजात नै बोल्दैनन्

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का २३ सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । उनी हाल काठमाडौंको काँडाघारीस्थि विरेन्द्र चोक बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनी जन्मजात नै बोल्न सक्दैनन् । उनले कक्षा ८ सम्म सिन्धुपाल्चोक बाह्रबिसेमा र काठमाडौंमा १२ कक्षासम्म अध्ययन गरेका थिए ।

घटना अनुसन्धानका क्रममा सांकेतिक भाषाविज्ञको सहयोगमा थप सोधपुछ गरिएको सोही क्रममा उनले आफूले सम्पूर्ण घट्ना एक्लै घटाएको स्वीकार गरेको प्रहरी बताउँछ ।

प्रहरीले भण्डारीको साथबाट घटना भएको दिन उनले बोकेको झोला र सोही झोलामा रहेको एक थान खुकुरी बरामद गरेको जनाएको छ । पक्राउ पर्दा उनले घटना घटाउँदा लगाएको कपडाहरू नै लगाएको र उनको टिसर्टमा रगतको जस्तो दागहरू देखिएको प्रहरीले जनाएको छ ।

केही समय अगाडि मृतक विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा भएको विवादका क्रममा विशालले सञ्जय भण्डारीलाई कुटपिट गरेको र त्यसैको रिसइबी साँध्ने क्रममा हत्या भएको प्रहरीको दाबी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।