पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

गण्डकी, ४ असोज : पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।

यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएका समाजका अध्यक्ष मनशान्त घिमिरेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार समाजले यस वर्ष पोखरा आसपासका घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिलसाइट र दोभिल्लाका साथै तनहुँका व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको थियो ।

पछिल्ला समयमा बासस्थानका कारण बर्सेनि गिद्धहरू सङ्कटमा पर्दै गएको घिमिरेले बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जनस्थल पोखरा–३२ लामेआहालमा सारिएको छ । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख भए पनि पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको बासस्थान सङ्कटमा परेको यस क्षेत्रका अनुसन्धाता बताउँछन् ।

पोखरा उपात्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५÷१६ वर्षअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका घिमिरेको भनाइ थियो । उहाँका अनुसार सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवं उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध सङ्कटमा परेका हुन् ।

नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको छ । बासस्थान सङ्कटमा पर्नुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको अनुसन्धाताहरू बताउँछन् ।

“औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई विसं २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ”, उहाँले भन्नुभयो ।

घिमिरेका अनुसार विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने उहाँले जानकारी दिनुभयो ।

पोखरा आसपासमा गरिएको गणनामा सेतो गिद्धको सङ्ख्या सबैभन्दा बढी देखिएको र राज गिद्ध एउटा मात्र फेला परेको घिमिरेले बताउनुभयो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।