सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता

भोजपुर, ५ असोज : सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो ।

पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको टेम्केमैयुङ–५ मझौलेका ९८ वर्षीय स्थानीय वृद्ध बेनीबहादुर विष्टले बताउनुभयो । आफू युवा हुँदा भोटबाट नुन, चामल, मट्टितेल २२ दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था रहेकामा अहिले घरमा ट्रयाक्टरले सामग्री बोकेर ल्याउने गरेको उहाँले बताउनुभयो । सडक विस्तारले नयाँ पुस्ताको दुःखका दिनको अन्त्य भएको उहाँको भनाइ छ ।

“हाम्रो पालामा गाउँमा सडक विस्तार होला, बस चढिएला भन्ने मलाई लागेको थिएन”, उहाँले भन्नुभयो, “भोटबाट २२ दिनसम्म पिठ्यूँमा बोकेर ल्याएर नुनतेल खान्थ्याँै । त्यो समयमा धेरै दुःख थियो । अहिले घरको करेसामा बाटो छ । सडक विस्तारले हामीलाई सहज बनाएको छ ।” त्यो समयमामा धरान चतरामा समेत नुनतेल नपाउने भएकाले भोट पुग्नुपर्ने अवस्था रहेको उहाँले जानकारीदिनुभयो ।

सदरमुकामबाट जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटै स्थानीय तहमा कच्ची भए पनि सडक विस्तार भएपछि दैनिक आवतजावतसँगै खाद्य सामग्री ढुवानीमा सहज भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी टङ्कप्रसाद घिमिरेले बताउनुभयो । सडक विस्तारपछि मानिसले ढाकर, डोको बोकेर हप्तौँ लगाएर सामग्री ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ ।

“सडक विस्तारले ग्रामीण जीवनमा सहजता थपिएको छ”, उहाँले भन्नुभयो, “अहिले खाद्य सामग्री बोकेर हिँड्न पर्दैन । सहजरूपमा गाउँघरमा पाउने अवस्था छ । सडकका कारण यहाँका कृषि उपज बाह्य बजारमा जान थालेको अवस्था छ ।”

विशेष गरेर भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि भोजपुरको विकासले अग्रता लिएको हो । आजभन्दा करिब दश वर्ष अगाडि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन् । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्रयाक खोलिएको थियो । धनकुटामा सडक विस्तार भएको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको स्थानीय जानकार गणेश श्रेष्ठले बताउनुभयो । यहाँ २०५६ सालबाट सडक खन्न सुरु भएको उहाँको भनाइ छ ।

श्रेष्ठका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना (र्याप) अन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्रयाक खोलिएको उहाँले बताउनुभयो । विसं २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकोप्टरले बोकेर पहिलोपटक टँुडिखेलमा महेन्द्र जीप ओरालेको उहाँले जानकारी दिनुभयो ।

“भोजपुरमा सडक विस्तार भएको धेरै लामो समयमा भएको छैन”, श्रेष्ठले भन्नुभयो, “छिमेकी जिल्ला धनकुटामा कालोपत्र सडक बनेको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको हो । तर अहिले भोजपुरका सबै क्षेत्रमा सडक विस्तार भएको छ । सडकले दैनिकीमा समेत परिवर्तन ल्याएको छ ।”

एसियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडक जिल्लामा कालोपत्र भएको पहिलो सडक पनि हो । भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कुल लम्बाइ करिब एक सय ५४ किलोमिटर छ । अहिले सुविधायुक्त बस भोजपुरबाट दैनिक काठमाडाँै, विराटनगर, धरानलगायत सहरका लागि छुट्ने गरेका छन् ।

यो सडक विस्तारपछि भोजपुरमा विकासले फड्को मारेको हो । भोजपुरलाई काठमाडौँसम्मको छोटो दूरीमा जोड्ने देउराली चोक–चखेवा भञ्ज्याङ ४२ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । यो सडकले पनि स्थानीयमा सहजता थपिएको छ । जिल्लामा पछिल्लो समयमा सडक विस्तारले तीव्रता पाएको छ । सडकका कारण यहाँ उत्पादन भएको कृषि उपज देशका ठूला सहरमा पुग्न थालेको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।