सुनसरीमा सवारी दुर्घटना, एकजनाको मृत्यु
बिराटनगर, असोज ६ । सुनसरीको रामधुनी नगरपालिक-७ ईचौल स्थितमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को.२१ प.५८१० नम्बरको स्कुटर र बिपरित दिशाबाट जादै गरेको प्रदेश १-०२-०४० प.३०३१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर घाईते भएका धरान उप-महानगरपालिका-११ का ४८ बर्षिय ज्ञान प्रकास राई र पछाडि सवार निजकै श्रीमति ४१ बर्षिया दुर्गा कुमारी राई साथै सुनसरी बराहक्षेत्र नगरपालिका-२ का ४२ बर्षिय प्रताप मगर घाइते भएका थिए ।
घाइते भएकी दुर्गा कुमारी राईको उपचारको क्रममा बिराट टिचिङ् अस्पतालमा मृत्यु भएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।


