विश्वशान्ति दिवसका अवसरमा आत्मज्ञान प्रचार संघको विशेष कार्यक्रम

काठमाडौं । २१ सेप्टेम्बरका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आत्मज्ञान प्रचार संघले विशेष कार्यक्रम गरेर मनाएको छ । संघले करिब ५०० भन्दा बढी केन्द्रहरूमा शान्ति पदयात्रा, प्रेम रावतको शान्ति सन्देश सम्बन्धी भिडियो प्रदर्शन तथा आमन्त्रित अतिथिलाई स्वागत गरेर कार्यक्रम मनाएको छ ।

आत्मज्ञान प्रचार संघ, केन्द्रीय कार्यालय, सामाखुसी, काठमाडौंमा पूर्वमन्त्री रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरिएको छ । संस्थाकी गीता श्रेष्ठ प्रधानको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएकोे थियो । कार्यक्रममा करिब ६०० जनाको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय शान्तिवक्ता तथा प्रसिद्ध लेखक प्रेम रावतको भिडियो प्रदर्शनसहित सम्पन्न गरिएको कार्यक्रममा कबीर पन्थका गुरुदेखि विभिन्न क्षेत्रमा अध्यापनरत प्राध्यापकहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरूका साथै विभिन्न व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्र संघको साधारण सभाले सन्२०१६ देखि २१ सेप्टेम्बरमा विश्वशान्ति दिवस मनाउने घोषणा गरेबाट विश्वमा शान्तिको शङ्खनाद गुञ्जिरहेको छ । शान्ति र मानवताका एक अथक अभियन्ता प्रेम रावतले आफ्नो पूरा जीवन संसारका मानिसहरूमा आन्तरिक शान्ति स्थापनार्थ अर्पण गरेका छन् ।

उनलाई संसारका विभिन्न देशले शान्तिदूतका रूपमा सम्मान गरेका छन् । उनको सन्देशले मानिसहरूको हृदयलाई स्पर्श गर्छ अनि भित्री आनन्दको महासागरमा डुबुल्की मार्ने अवसर प्रदान गर्ने भक्तजनहरूको भनाइ छ । विश्वशान्ति दिवसको अवसरमा विश्वशान्तिदूत प्रेम रावतको सन्देश प्रवाह गर्नु अत्यन्तै सार्थक बन्न पुगेको छ । आत्मज्ञान प्रचार संघले देशव्यापी रूपमा यसरी नै शान्ति दिवसका विभिन्न कार्यक्रमलाई सम्पन्न गरेको हो । कार्यक्रमका संयोजक डा.श्रीराम अधिकारीले समापन गरेका थिए । अतिथिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।