पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’

धुलिखेल (काभ्रेपलाञ्चोक), ७ असोज : पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ ।

‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–श¬्खु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो ।सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पनौती र नमोबुद्धको महत्व धेरै रहेका कारण यहाँको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक शान्ति पदयात्रा स्वागतयोग्य रहेको बताउनुभयो । शान्ति पयदात्राले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा नै ठूलो महत्व रहने उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सूर्यमान दोङले शान्ति पदयात्रामा सहभागी सबैलाई उद्देश्य प्राप्तिमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शान्ति पदयात्राले विश्वमा शान्ति फैलाउन कोशेढुङ्गा सावित हुने धारणा राख्नुभयो ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले पदयात्राले समाजमा सद्भाव स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा उहाँले काभ्रेको सबैखाले विकासका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिनुभयो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले नमोबुद्धलगायत काभ्रेपलाञ्चोक जिल्ला र सिङ्गो मुलुकलाई नै यहाँको सद्भाव, शान्ति र समुन्नत समाज निर्माण गर्न सबैको साझा अभियानले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि जिल्लाका सबै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्नमा थप सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सबै क्षेत्रले पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको काभ्रेलाई केही गराँै भन्ने उद्देश्यले शान्ति पदयात्रा आयोजना गरेको बताउनुभयो । शान्ति पदयात्रामा सहभागी काठमाडौँ कोटेश्वरका रवीन्द्र कर्मार्चायले नमोबुद्ध र पनैतीको ऐतिहासिक क्षेत्रको महत्वलाई थप उजागर गर्न र पर्यटन प्रवर्द्धनमार्फत यहाँको विकासमा पदयात्राले सहयोग पुग्ने बताउनुभयो ।

पदयात्रासँगै साइकलयात्रामार्फत पर्यटन प्रवर्द्धनका लागि सहभागिता जनाएको विश्व सांस्कृतिक शान्ति पदयात्रामा काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाका नागरिकको सहभागिता थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।