लागु औषध सहित लिम्बु पक्राउ
झापा, असोज ८ । झापाको भद्रपुर नगरपालिका-०५ स्थित मेचिपुलबाट लागुऔषध ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
आज विहान ८:४५ बजेको समयमा विषेश सुचनाको आधारमा प्रहरी बिट मेचिपुलबाट खटिएका प्रहरी टोलिले चेकजाँचका क्रममा झापा मेची नगरपालिका-१३ चारआली बस्ने ३३ वर्षिय नितेश लिम्बुले प्र.१-०१-०१६ प ३७११ नम्बरको स्कुटरको डिकिमा लुकाई छिपाई ल्याएको १ ग्राम ६६० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका लिम्बुको वडा प्रहरी कार्यलय भद्रपुरबाट थप अनसन्धान भई रहेको छ ।


