आकर्षणको केन्द्र बन्दै ताल झरना

मनाङ : हिमाली जिल्ला मनाङको प्रवेशद्वार ताल गाउँ । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बीचमा राखी कलकल पानी झर्दा अझ सुन्दरता थपिएको छ । जिल्ला प्रवेश गर्नासाथ एकसाथ झुप्पा बनेर बसेको तालगाउँ र झरनाले स्वागत गर्छ । तालगाउँको सुन्दरताको रूपमा रहेको दुई झरना जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ ।

जो कोहीलाई पनि यी सुन्दर झरना र यहाँका बस्तीले आकर्षित गर्छन् । पर्यटकलाई स्वागत गर्ने यी झरना अहिले आकर्षणको केन्द्र बन्दै गएको छ । स्थानीय युवासँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आषर्कणको केन्द्र बनेको छ । ताल गाउँ पुगेपछि यस झरनामा फोटो, भिडियो र यहाँको पानीसँग नखेलेसम्म यहाँबाट कोही पनि बाहिरिने गर्दैनन् ।

होटल व्यवसायी अन्जु तामाङ भन्नुहुन्छ, “हाम्रो होटल माथिबाट झरनाको पानी खसिरहेको देखिन्छ भन्छन्, यहाँ टिकटक, ब्लग बनाउने युवाको आकर्षणको केन्द्र बनेको छ ।” यहाँ आएर सामाजिक सञ्जालमा सेयर गर्न यस झरनामा आउने युवाको लर्को लाग्ने गरेको उहाँले बताउनुभयो ।

आफ्नो मेरो होटल माथिबाट झरनाको पानी झरिरहेको जस्तो देखिन्छ भन्दै होटलको आगनमा धेरैले टिकटक बनाएको उहाँले सुनाउनुभयो । प्राय यहाँ अहिले युवा सामाजिक सञ्जालमा सेयर गर्नकै लागि झरनामा आउनेको सङ्ख्या बढ्दै गएको छ ।

नासों गाउँपालिका–१ का वडाध्यक्ष मीनराशी गुरुङले यहाँको झरनाको पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यहाँको पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “यहाँको पर्यटकीय क्षेत्रको रूपमा विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न समन्वय गरिरहेको छु, प्राकृतिक स्रोतको उपयोग गरी आयआर्जनसँग जोड्ने गरी विकास गर्न आवश्यक रहेकाले सोहीअनुसार काम गर्ने लक्ष्य बनाएका छौँ ।”

पिसल्याण्ड होटलका सञ्चालक गुरु गुरुङले यस झरनामा रमाउन आउने पर्यटकका कारण यहाँको व्यवसायलाई सहयोग पुग्ने बताउनुभयो । “बाह्य पर्यटक त पदयात्रामा आउने भएकाले यहाँ बस्दा झरनामा रमाउँछन् नै, तर झरनामा रमाउनकै लागि आन्तरिक पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो । आन्तरिक पर्यटक आउँदा पनि होटल व्यावसायीलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।

तालगाउँ एकीकृत बस्ती जस्तै गरी बनेकाले अझ बढी आकर्षण बढेको छ । यहाँ वर्षभर नै यस्तै पानी झरिरहने भएकाले यस झरनामा रमाउन आउनेको सङ्ख्या बढ्दै गएको स्थानीय कान्छीमाया गुरुङले बताउनुभयो । “यहाँ आइसकेपछि आन्तरिक तथा बाह्य पर्यटकले यहाँ उत्पादित खाद्यवस्तु नै खान माग गर्ने गर्छन्”, उहाँले भन्नुभयो । यसले गर्दा पनि यहाँको झरनाको प्रचारप्रसार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

झरनामा रमाउन आउने पर्यटकले तालगाउँको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा यहाँका स्थानीयवासीले लिएका छन् । झरना जस्तै स्वच्छ तबरबाट पर्यटकलाई स्वागत र सत्कार गर्दा अझै आकर्षित गरेको बताउने गरेका छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।