झापाबाट लागुऔषध सहित ३ जना पक्राउ

झापा, असोज ९ । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ ।

सोमबार विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर नगरपालिका-६ का २० वर्षीय सुजन बिश्वकर्माको साथबाट एक ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

यसैगरी सोमबार साँझ सवा ५ बजे ईलाका प्रहरी कार्यालय झिलझिले झापाको प्रहरी टोलीले झापाको शिवसताक्षी नगरपालिका-११ दुधे स्थित बस काउन्टरबाट प्र१- ०१-०१३ प ६५८१ नम्बरको स्कुटरमा चामलको बोरा भित्र प्लास्टिकले पोको पारी लुकाई छिपाई ल्याएको ९ ग्राम ७ सय ७० मिलिग्राम लागुऔषध ब्राउनसुगर र स्कुटर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरका २९ वर्षिय साजन राई र ३५ वर्षिय सुन्दर लावती रहेका छन । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइ रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।