सुत्केरी महिलाको ज्यान खतरामा,उद्धारका लागि पहल

बाजुरा,९असोजः जिल्लाको पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याकी एक महिलाको रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुनपुग्दा उनको ज्यान जोखिममा परेको छ ।

उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा पुगेकोे स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोकायाले मङ्गलबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको हो ।

सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको संयोजक भण्डारीले बताउनुभयो ।

उक्त घटनाका सम्बन्धमा गाउँपालिकाबाट जानकारी गराइएकाले नेपाली सेनाको हेलिकप्टरका लागी पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।