इटहरीमा भयानक सवारी दुर्घटना, इटहरी जनता क्याम्पसमा अध्ययनरत पवन सहित दुई जनाको मृत्यु
इटहरी । आज बिहान ९ः३० बजे इटहरी १२ खनार ट्रान्सपोट नजिक भएको सवारी दुर्घटनामा परी सुनसरीको देवानगन्ज ५ घर भइ दुहबी ८ बस्ने २३ वर्षीय पवन कुमार साह र विराटनगर १ बस्ने १९ वर्षीय अजित थापाको मृत्यु भएको छ ।
इटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको स १ ख ८१६ नम्बरको बस सँग प्रदेश १–०२–०४६ प १९६७ र प्रदेश १–०२–०४६ प ७२५८ नम्बरको दुई वटा मोटरसाइकल ठोक्किएर उक्त दुर्घटना भएको हो ।
मृतक पवन साह इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा (BSW) अध्ययनरत विद्यार्थी थिए ।-इटबरी खबरबाट


