खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै

ललितपुर, १३ असोज ः ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन् साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् ।

अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन गरेका छन् । नेवारी भाषामा ‘सा’ र नेपाली भाषामा ‘कोल’ को नामले चिनिने परम्परागत उपकरण अहिले खोकनामा देखिँदैनन् । नयाँ प्रविधिबाट व्यवसायीले तेल उत्पादनलाई वृद्धि गरेका छन् । परम्परागत कोलमा मेहनत धेरै चाहिने र जनशक्ति पनि अलि बढी चाहिने भएकाले परम्परागत कोल प्रयोगमा नआएको व्यवसायी बताउँछन् ।

हाल खोकनामा सामुदायिक रुपमा सञ्चालित गाबु ज्या ः सा सामुदायिक तेल मिल, न्हबु सामुदायिक तेल मिल, खअधोकासी सामुदायिक तेल मिल र न्हु सामुदायिक तेल मिल छन् । अहिले गाबु ज्या ः सा सामुदायिक तेल मिल मात्र सञ्चालनमा छ ।

गाबु ज्या ः सामुदायिक मिल हजुरबुबाको परम्पारादेखि सञ्चालनमा रहेको यसका सञ्चालक कान्छा महर्जन बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “मेरो बाल्य अवस्थामा यो मिल २४सैँ घण्टा सञ्चालन हुन्थ्यो । कारणवस यो कोल विसं २०४० देखि बन्द अवस्थामा रहेको थियो । ऐतिहासिक रुपमा रहेको उक्त कोललाई मर्मत गरेर विसं २०६९ मा जिम्मा लिएर सञ्चालन गरेको छु ।”

हाल खोकनामा अन्य विद्युतीय मिल धेरै भए पनि ऐतिहासिक रुपमा रहेको परम्परागत मिल एउटा मात्र सञ्चालनमा छ । मौलिकतालाई बचाउनको लागि ललितपुर महनगरपालिकाको आर्थिक सहयोगमा चार सामुदायिक तोरी पेल्ने मिल भवन निर्माण गरेको छ । उहाँका अनुसार दुई भवन निर्माण भइसकेको तर दुई निर्माण हुने तयारीमा छ ।

नयाँ निर्माण भएका भवनमा मौलिकतालाई कायम राखी व्यवसायलाई थप वृद्धि गर्ने लक्ष्य राखिएको छ । खोकनाको तेल मिसावटरहित हुन्छ भन्ने विश्वास रही आएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।