दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई आर्थिक सहयोग

काठमाडौँ, १३ असोज : सवारी दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी कांग्रेस नेत्री एन्ड्रिना घिमिरेलाई अर्थिक सहयोग गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का सचिव शङ्कर खड्काको पहलमा अमेरिकामा बस्ने नेपालीबाट सङ्कलन गरिएको रू तीन लाख ५१ हजार एक सय ११ आज कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता डा कोइरालाले रकम सङ्कलनको संयोजन गर्ने र सहयोग गर्नेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । “दुःखमा परेकालाई मैले आवश्यक सहयोग गर्नेछु, नागरिकको दुःखमा जोडिने मेरो प्रयास रहनेछ,” उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले घिमिरेको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले घिमिरेलाई खुट्टा गुम्यो भनेर आत्मबल नगुमाउनसमेत आग्रह गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानिया, नेता हरिबोल भण्डारी, दीपक भट्टराई, एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य, महासचिव गौरीराज जोशी, एनआरएनका महासचिव केशव पौडेललगायतको सहभागिता थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।