सुनसरीमा गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु

सुनसरी । मदन भण्डारी लोकमार्ग सडकखण्डमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको छ । शनिबार पानीसहित आएको हावाहुरीले सुनसरीको पटनाली जङ्गलमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको हो ।

रुख खस्दा स्कुटरको पछाडि सवार रामधुनी ६ बस्ने ६० वर्षीय मुनरलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नविन कृष्ण भण्डारीले जानकारी दिए । को २९ प ५५०२ नम्बरको स्कुटर पकलीबाट चतरा जाँदै गरेको थियो ।

रुखको हाँगाले थिचेर टाउकोमा गम्भीर चोट लागेका चौधरीकोे उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।