रहेनन् ओखलढुङ्गा जिसस प्रमुख खनाल

ओखलढुङ्गा, १४ असोज ः जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको ७३ वर्षको उमेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको छ । उहाँ आमासयको ‘क्यान्सर’बाट पीडित हुनुहुन्थ्यो ।

उहाँ २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित हुनुभएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहनुभएका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिनुहुन्थ्यो ।

कांग्रेसका नेता खनालको निधनले पार्टी र सिङ्गो ओखलढुङ्गा जिल्लालाई अपुरणीय क्षति पु¥याएको कांग्रेस नेता एवं सांसद नेता रामहरि खतिवडाले बताउनुभयो । खनालका दुई छोरा, दुई छोरी छन् । दिवङ्गत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।