खोटाङमा पाँच वर्षीया बालिका बलात्कृत

दिक्तेल । खोटाङमा पाँच वर्षीया बालिकाको बलात्कार भएको छ । शनिबार नजिकै रहेको आफन्तको घरमा खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

बालिकाको योनिबाट निरन्तर रक्तस्राव भइरहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । चिसापानीबाट रेफर गरिएपछि बालिकालाई उपचारका लागि रातारात उदयपुरको गाईघाट लगिएको छ ।

बालिका बलात्कार गर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनले मोबाइलमा अश्लील भिडियो देखाएर बालिकालाई बलात्कार गरेको बताइएको छ ।

बालिका बलात्कार गरेर लुकिछिपी बसिरहेका राईलाई शनिबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।