मोरङको बेलबारीमा सवारी दुर्घटना, १ जनाको मृत्यु
मोरङ, असोज १५ । मोरङको बेलबारी नगरपालिका-२ स्थितमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे दुई बजे लालभित्ती पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको को ३६ प ९३६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा ईलाम चुलाचुलि नगरपालिका-२ का मोटरसाईकल चालक ४४ वर्षिय रमेश राई र मोटरसाईकलको पछाडि सवार ७२ वर्षिय भिम बहादुर राई घाईते भइका थिए ।
घाईते भएका भिम बहादुर राईको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको थियो भने घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइ रहेको छ ।


