प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-६ पटेर्वाबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार विशेष सुचनाका आधारमा प्रहरी चौकी लालपत्ताबाट चेकजाँचमा खटेको प्रहरी टोलीले अपरान्ह पौने चार बजे त्रियुगा नगरपालिका-५ का २० वर्षिय सुबिन राई, २२ वर्षिय श्रेष्ठ एपिडोल र २० वर्षिय अनिल राईका साथबाट प्रतिबन्धित लागुऔषध एपिडोल १४९ ट्याब्लेट र स्पासपेन १५० ट्याव्लेट बरामद गरेको हो ।

यसैगरी सोमबार साझ सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबीत सिमा सुरक्षा गुल्म रानी मोरङबाट खटिएको सशस्त्र प्रहरी बलको टोलिले मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको को ३७ प ४६१३ नम्बर को स्कुटरमा लुकाई छिपाई ल्याएको ४ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सुनसरी दुहबि नगरपालिका-६ बस्ने ४४ वर्षिय संजय भगतलाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको सम्बन्धित प्रहरी कार्यालयले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।