न्युरोडमा छुरा प्रहार गरी युवक हत्या आरोपमा २ युवतीसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडमा इन्द्रजात्रा हेर्न गएका युवकको छुरा हानी हत्या भएको घटनामा दुई युवतीसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं-१९ की २० वर्षीया सोनिया श्रेष्ठ खड्गी, ललितपुरको एकान्तकुनाका २२ वर्षीय सन्देश खड्गी, मकवानपुरको हेटौँडाकी १९ वर्षीया भूमी मल्ल र ललितपुरको गोदावरीका १९ वर्षीय अरविन ठकुरी रहेका छन् ।

ओखलढुंगाको लिखुका १७ वर्षीय सनी कार्कीको सोमबार छुरा प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार अरविनले छुरा प्रहार गरेका थिए । जात्रामा भोलेन्टियरका रुपमा खटिएका सोनिया र सन्देशले भूमि र अरविनलाई जात्रा हेर्न न्युरोड बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मदिरा सेवनपछि अरविनको समूह र सनीको समूहबीच विवाद भएको पाइएको छ ।

‘सनिको समूहले हाम्रो एरियामा आएर ठुलो कुरा गर्ने भनेपछि विवाद हुँदा ठकुरीले छुरा प्रहार गरेको देखिन्छ । उनलाई युवतीले छुरा दिएको भन्ने छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने । सनी क्षेत्रपाटीमा बस्दै आएका थिए । छुरा प्रहारबाट घाइते भएका सनीको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।