बेगनास तालमा एक पुरुष मृत फेला
पोखरा । बेगनास तालमा एक पुरुष मृत भेटिएका छन् ।
पोखरा महानगरपालिका ३१ स्थित बेगनास तालमा प्युठानका अनिल श्रेष्ठको शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव प्युठान घर भएका अनिल श्रेष्ठको भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको स्थाइ ठेगाना प्युठान मलरानी गाउँपालिका ४ ठेगाना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्री अस्पतालमा राखिएको छ ।


