अरिंगालले टोक्दा एक महिला गम्भिर घाइते
ओखलढुङ्गा । अरिंगालको टोकाइबाट ओखलढुङ्गामा एक महिला गम्भिर घाइते भएकाी छन् । घाइते हुनेमा जिल्लाको लिखु गाउँपालिका वडा नं. २ सिंहदेवी, कुवापानीकी ६४ बर्षिया रितु कालिकोटे खड्का रहेकी छन् ।
घाइते खड्का शोमबार विहान ८ बजेतिर घर नजिकैको पाखामा घाँस काट्न गएकी थिइन् । घाँस काट्ने क्रममा उनीलाई अचानक अरिंगालले टोकेर घाइते बनाएको थियो । अरिंगालले टोकेर घाइते भएपछि उनीलाई तत्काल उद्धार गरी रामेछाप जिल्लाको साँघुटारमा रहेको क्लिनिकमा पुर्याइएको थियो ।
क्लिनिकमा प्राथमिक उपचार पश्चात उनलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत रामेछाप जिल्लाको रामेछाप अस्पताल पुर्याइएको सिंहदेवीबाट स्थानीय शिवराम खड्काले जानकारी दिए । घाइते खड्काको अहिले अस्पतालमा नै उपचार भइरहेको र बिरामीको स्वास्थ्य अबस्थामा सुधार हुदै गएकाे परिवार श्रोतले जानकारी दिएको छ ।


