चित्तलको मासु र भरुवा बन्दुक सहित एकजना पक्राउ

जानकी (बाँके), १७ असोज : बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । राप्तिसोनारी–२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् । उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो चित्तलको मासु र भरुवा बन्दुकसहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले आज जानकारी दिनुभयो ।

उहाँका अनुसार जैसीलाई निकुञ्जभित्रको सुखार र खैरी खोलाको ‘फायर लाइन’बाट चित्तलको मासु भाग लगाउँदै गर्दा पक्राउ गरिएको हो । उनीसँगै रहेका मदनबहादुर खत्री भने फरार रहेका छन् । निकुञ्जभित्रको हिरासतमा जैसीमाथि थप अनुसन्धान भइरहेको उल्लेख गर्दै भुसालले बताउनुभयो, “वन्यजन्तु चोरी शिकारी आरोपमा टीकारामलाई चित्तलको मासु भाग लगाउँदै गर्दा हाम्रो गस्ती टोलीले पक्राउ गरेको हो । ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले हामी अनुसन्धानकै क्रममा छौँ ।”

फरार रहेका मदनबहादुर खत्रीको खोजी जारी रहेको उहाँले बताउनुभयो । “वन्यजन्तु चोरी शिकारी आरोपमा कसैलाई उम्कने छुट छैन । नेपालमै लुकेर बसे पनि अथवा नेपाल बाहिर जहाँसुकै गए पनि फरार रहेका मदनबहादुरको खोजी जारी नै भएको हुँदा उनलाई चाँडै नै पक्राउ गर्ने छौँ,” उहाँले भन्नुभयो ।

गत वर्षको स्थानीय निर्वाचनमा राप्रपा नेपालको तर्फबाट वडाध्यक्षमा निर्वाचनमा भाग लिएका मदनबहादुरको नाम पटकपटक वन्यजन्तु चोरी शिकारीको आरोपमा मुछिँदै आएको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।