चौध देशका ४० जना ख्यातिप्राप्त चित्रकार खोटाङमा

खोटाङ, १८ असोज ः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आजदेखि पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’सुरु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको आयोजनामा जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सो प्रदर्शनी यही असोज २१ गतेसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा क्यानभासमा लाइभ चित्र उतार्नका लागि नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभीया, लिथुआनीया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत १४ देशका ४० जना ख्यातिप्राप्त चित्रकार खोटाङ आइपुगेका छन् । नगरपालिकाको प्रमुख प्रवेशद्वार महुरेगढीबाट सुरु भएको कार्यक्रममा सहभागी चित्रकारलाई जिल्लावासीले भव्य स्वागत गरेका छन् ।

महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नुनथलाबाट सुरु भएको कार्यक्रममा सहभागी स्वदेश तथा विदेशका चित्रकारले आजदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “लाइभ चित्रकला कार्यशाला एवं प्रदर्शनी कार्यक्रमका लागि नेपालसहित विदेशी चित्रकार काठमाडौँबाट हिँडिसक्नुभएको छ । यो अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्नेछन्”, उहाँले भन्नुभयो, “चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, सांस्कृतिक झाँकी, नृत्य प्रदर्शनलगायतका कार्यक्रम गर्ने तयारी गरिएको छ । यसले नगरको मात्र नभइ जिल्लाकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”

चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको छ । खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि दशवटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको सुन्दर पक्षको प्रचारका लागि लाइभ चित्रकला तथा कला प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो ।

लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानलाई राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दाबी गरिएको छ । चित्रकला कार्यशाला एवं प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ ।

गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो । लाइभ चित्रकला कार्यशाला एव कला प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको परिचय र पर्यटकीय महत्वसहितका तस्बिर प्राथमिकीकरण एव छनोट गरिएको छ ।

यस्तै, जिल्लाका अन्य नौँ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्बिरसमेत प्रत्यक्ष चित्रकलाका आकर्षण हुने जानकारी दिइएको छ । नगरपालिकाको रु १८ लाख खर्चमा सञ्चालन हुने कार्यक्रममा राई इज किङ उपाधिप्राप्त गायक राजेश पायल राईसमेत आउनुहुने आयोजकले जनाएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।