आसरा सुधार केन्द्रको स्थलगत अवलोकन तथा अन्तरक्रिया
सुनसरी, असोज १८ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाज्यु तथा कार्यसमितिका पदाधिकारीहरुले आसरा सुधार केन्द्र पानवारी धरानको स्थलगत अवलोकन गरी केन्द्र उपचाररत बिरामीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको छ ।
आज दिउँसो केन्द्रमा भएको अबलोकन तथा अन्तरक्रिया कार्यक्रममा संघकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाज्युले केन्द्रले गर्ने बिबिध कार्यहरुको बारेमा जानकारी लिनुहुँदै उपचार पद्धतिको बारेमा बिरामीहरुसंग समेत जानकारी लिनु भएको थियो ।
उक्त कार्यक्रममा आसरा सुधार केन्द्र पानवारीका संचालक समिति सदस्य तथा श्रीमती संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


