झापा र सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

मोरङ, असोज २० । झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० खयरडागीबाट झापाको मेचीनगर नगरपालिका-१५ का २६ बर्षीय कैलाश थेबेलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शुक्रबार साँझ पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ का २० बर्षीय उमेश गुप्तालाई ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।

यसका साथै ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चकरघट्टीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ सयपत्री चौक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आँउदै गरेको प्र१ ०२ ००२ ह ९३८७ नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा अटोको पछाडी सिट मुनि लुकाएर ल्याउदै गरेको प्रतिबन्धित औषधी स्पास्मो प्रोक्जिभन १८० पिस, नाईट्रोजन पेन १०० पिस, नाईट्रो भ्याट ३० पिस सहित अटो चालक बराहक्षेत्र नगरपालिका-७ का ५२ बर्षीय केशब श्रेष्ठ, ३५ बर्षीय प्रशान्त श्रेष्ठ र २३ बर्षीय निमेश भट्टराईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।