झापा र पाँचथरबाट ४ जना फरार प्रतिवादी पक्राउ

बिराटनगर, असोज २३ । झापा र पाँचथरबाट सोमबार प्रहरीले ४ जना फरार प्रतिवदीलाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत झापाको २०७९/११/१५ गतेको फैसला आदेशले लागुऔषध मुद्धामा २ महिना कैद र १२ हजार जरिवाना तोकिएका बिर्तामोड नगरपालिका-३ का २९ बर्षीय सोम बहादुर राईलाई पक्राउ गरेको हो ।

यसैगरी उच्च अदालत बिराटनगरको २०७८/११/२५ गतेको फैसला आदेशले बैकिङ कसुर मुद्धामा ६ लाख ४५ हजार ३ सय जरिवाना तोकिएका दमक-१ का खडानन्द भण्डारी र लागुऔषध मुद्धामा जिल्ला अदालत झापाको मिति २०८०/०१/१४ गतेको फैसला आदेशले १ बर्ष ३ महिना १९ दिन कैद तथा १५ हजार जरिवाना तोकिएका डमरु दासलाई सोमबार नै पक्राउ गरेको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्धामा जिल्ला अदालत पाँचथरको सजाय निर्धारण फैसला आदेशले १ बर्ष कैद र २५ हजार जरिवाना तोकिएका हिलिहाङ गाउँपालिका-७ का ५६ बर्षीय नर बहादुर धमलालाई सोमवार नै पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा अदालतले तोकिएको सजाय भुक्तानको लागी सम्बन्धित जिल्ला कारागारहरुमा पठाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।