झापा र उदयपुरबाट लागुऔषध सहित ७ जना पक्राउ

बिराटनगर, असोज २४ । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित ब्राउन सुगर, औषधी र गाँजा सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको भद्रपुर नगरपालिका-३ स्थित मेची झोलुङगे पुलमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-२ का १९ बर्षीय निसान लिम्बु, भद्रपुर-८ का २४ बर्षीय रिवज रनपहेली, दमक-१ का २१ बर्षीय रुस्बिन लिम्बु र बिक्रम लिम्बु समेतलाई उनिहरुले साईकलको सिटमुनी लुकाईछिपाई राखिएको १४ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । भने इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २३ बर्षीय शेख खुवान मियालाई १ किलो ग्राम २ सय ७० ग्राम गाँजा सहित उनकै कोठाबाट पक्राउ गरेको हो ।

यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ६ प८५४२ नम्बरको स्कुटरमा सवार रहेका त्रियुगा नगरपालिका-१० का ३५ बर्षीय चन्द्र शेखर राई र ३० बर्षीय विगेस राईको साथबाट डाईजोपाम, बुप्रिनोफ्रिन, फेनारगन समेत गरी ७५ एम्पुल लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।