झापाबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

झापा, असोज २६ । झापाको छुट्टाछुट्टा स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्ह ४ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ९ का ३० बर्षीय मोहन टुडु, ३७ बर्षीय सोम मर्डी र ३२ बर्षीय अंकित भन्ने डिल्ली बहादुर खड्कालाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको गौरीगञ्ज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-०१५ प. ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक- ५ का २५ बर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारी स्कुटर सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।