प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाई कार्यक्रम
विराटनगर, असोज २७ । कोशी प्रदेश प्रहरी कार्यालयको आयोजनामा ६८ औ प्रहरी दिवस २०८० को अवसरमा मोरङको विराटनगर महानगरपालिका-१६ स्थित दुर्गा मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, कोशी प्रदेश प्रहरी गण विराटनगर र ईलाका प्रहरी कार्यालय रानी समेतको प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीका साथै मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू समेतको सहभागीता रहेको थियो ।
प्रहरी दिवसको अवसरमा प्रहरीले बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


