धरानबाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

बिराटनगर, असोज २७ । सुनसरीको धरान उप-महानगरपालिका-१६ र १ बाट ठुलो परिणामको नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे धरान उप-महानगरपालिका- १६ स्थित डेरा गरी बस्दै आएका २२ बर्षीय शेर बहादुर सुनुवारलाई Spaspain ३ हजार ८ सय ट्याबलेट, Tramadol ३ हजार ९ सय क्याप्सुल, ब्राउन सुगर १ बुलेट, नेपाली २१ हजार ५०० र भारतीय २ हजार ४ सय १० रुपैयाँ नगद सहित पक्राउ गरेको हो भने धरान – १ बाट ३३ बर्षीय सुसन श्रेष्ठलाई Spaspain ३ सय ट्याबलेट र Tramadol ५ सय क्याप्सुल सहित पक्राउ गरेको हो ।

औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थपअनुसन्धान भईरहेको छ ।

साथै सोहि प्रहरी टोलीले बिराटनगर १४ र १५ स्थितबाट रेडिमेट कपडा कुर्था सुरुवाल, कस्मेटिक्सका सामान लगायत लेडिज ईनर समेत गरी करिव ८० हजार ३ सय ७० रुपैया मुल्य बराबरको सामान बरामद गरि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।