खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध

गोरखा, २९ असोज ः गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएकोे छ ।

गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

“स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट हुने आयातलाई रोक्न गाउँपालिकाले यस्तो निर्णय गरेको हो”, उहाँले भन्नुभयो, “अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानीयस्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइनेछ ।”

अनावश्यक रुपमा खादाको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार नपाएर खेर जाने गरेको उहाँको भनाइ छ । खादा र प्लाष्टिकजन्य सामग्री भित्र्याउँदा पालिकाबाट एकातर्फ रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने पालिकाको नीति तथा योजनाअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

“अजिरकोट गाउँपालिका प्राकृतिक रुपमा एक भरिपूर्ण गाउँपालिका भएकाले यहाँको जङ्गलमा सप्तरङ्गी लालीगुराँसलगायतका अन्य विभिन्न प्रकारका फूल प्रसस्त रुपमा पाइन्छन्”, अध्यक्ष देवकोटाले भन्नुभयो, “तिनै उत्पादित फूलको अब भरपुर उपयोग गर्ने गरी योजना बनाएर काम गर्नुपर्छ, त्यसका लागि गाउाँपालिकाले चालेको पहिलो र महत्वपूर्ण निर्णय पनि हो ।”

गाउँपालिकाले चालु आवको नीति तथा कार्यक्रमै पालिकाभित्रका सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको थियो । सोहीबमोजिम कार्यपालिकाको बैठक बसेर पालिकाभित्र खादा र प्लाष्टिकजन्य सामनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको अध्यक्ष देवकोटाको भनाइ छ ।

निर्णयसँगै अब सार्वजनिक कार्यक्रममा प्लाष्टिकका बोतलको पानी र अन्य प्लाष्टिकजन्य सामानको प्रयोग पनि गर्न नपाइएको उहाँले बताउनुभयो । पालिकाको निर्णयले पालिकामा पर्यावरण सुरिक्षत राख्न तथा अजिरकोटलाई स्वच्छ, सफा र हराभरा पनि सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको अध्यक्ष देवकोटाले बताउनुभयोे ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।