झापा र ओखलढुगांमा सवारी दुर्घटना, २ जनाको मृत्यु
बिराटनगर, कार्तिक २ । झापा र ओखलढुगांको छुट्टाछुटै दुई स्थानामा सवारी दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ ।
हिजो बेलुका ७ बजे झापाको भद्रपुर नगरपालिका- ८ स्थित सडक खण्डमा मे. ७ प. ७७२४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक भद्रपुर- १ का ५१ बर्षीय योग प्रसाद लिम्बुको उपचारको क्रममा ओमसाई पाथिभारा अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिका- २ स्थित भित्री कच्चि सडक खण्डमा निशंखेबाट ओखलढुङ्गातर्फ आउदै गरेको बा. १५ च ८५७० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक देखि अन्दाजि ५० मिटर तल झरी दुर्घटना हुँदा घाईते भएका उक्त गाडीमा सवार सिद्धिचरण- २ का ४५ बर्षीया नरमाया राईको उपचारको क्रममा सामुदायिक मिसन अस्पताल ओखलढुङंगामा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाईते भएका १८ बर्षीय बिबेक परियार, २९ बर्षीय मनोज कटवाल र २५ बर्षीय निरज कटवालको सामान्य उपचार पश्चात डिस्चार्ज भएको छ भने घटनामा संलग्न गाडी चालक २६ बर्षीय शान्ता बहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय ओखलढुगांबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।


