बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै

अन्नपूर्ण (कास्की), ५ कात्तिक ः पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो । यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो । ती सामग्री बेच्ने व्यापारीको मन खुसी थिएन् । उहाँहरुमध्ये कसैले बाँस र निगालोको चोयाबाट बनेका घरेलु सामग्री गाउँगाउँ पुगेर खरिद गरेर ल्याउनुभएको थियो भने, कसैले आफँैले बुनेर पोखरा झार्नुभएको थियो ।

ती व्यापारीले साँझसम्म पनि भनेजस्तो व्यापार नभएको गुनासो गरिरहनुभएको थियो । कास्कीको माछापुच्छ«े गाउँपालिका–८ खोरामुखबाट डोको, नाङ्लो व्यापार गर्न आउनुभएको बुद्धिबहादुर विकले अघिल्ला वर्षमा जस्तो व्यापार नभएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “बाँस र निगालोको चोयाबाट बनेका सामग्रीको व्यापार घट्दै गएको छ । पहिलेपहिले यही मेलामा ल्याउनेबित्तिकै सबै बिकीसक्थ्यो अहिले त कोहीकोहीले मात्र लगेका छन्”, उहाँले भन्नुभयो, “अहिले सामग्री बिक्री हुनै छाड्यो, कुहिएर खेर जाने भयो । यस्तै भयो भने घरखर्च चलाउन गाह्रोपर्ने भयो ।”

बुद्धिबहादुर आफैँले बाँस र निगालोको चोयाबाट डोको, डालो, नाङ्लो, भकारी, कोक्रो, पेरुङ्गो, मान्द्रोलगायत सामग्री बुन्नुहुन्छ । भनेजस्तो व्यापार नहुँदा जाँगर नचल्ने उहाँले बताउनुभयो । “यो काम साह्रै गाह्रो छ । म अहिले ६८ वर्ष भए सानैदेखि बाँसका सामग्री बुन्न थालेको हुँ”, उहाँले भन्नुभयो, “पहिले घरमै आएर किनेर लैजान्थे । अहिले त बेच्न हिँड्दा पनि बिक्न गाह्रो भयो । यही भएर काम गर्न जाँगर पनि चल्दैन् ।”

अर्का व्यापारी बलराम चापागाईंले पनि विदेशबाट प्लास्टिकका सामग्री भित्रिन थालेसँगै यस्ता सामग्रीको व्यापार घटेको बताउनुभयो । उहाँका अनुसार विदेशी सामान हेर्दा आकर्षक र सस्तो हुने भएकाले बाँस र निगालोका सामग्रीको बिक्री घटेको हो । “मैले दसैँको मेला पोखरामा लाग्ने दसैँ मेलामा यस्तो सामान बेच्न थालेको १६÷१७ वर्ष भयो । बर्सेनि यसको व्यापार घट्दै गएको छ”, उहाँले भन्नुभयो, “अहिले मानिस भकारीमा राख्ने धान बोरामा राख्न थाले । अनि डालोको स्थानमा बाल्टिन प्रयोग गर्न थाले ।”

पोखरा महानगरपालिका–१ बगरकी ओमकुमारी गुरुङले पनि अहिले आफ्नो घरमा प्लास्टिकको सामान बढी प्रयोग गर्ने बताउनुभयो । बाँस र निगालोको सामान बजारमा पाउन मुस्किल भएकाले पनि आफू प्लास्टिकको सामानमा आकर्षित भएको उहाँले बताउनुभयो ।

“बाँसका सामग्री उचाल्न, बोक्न र यताउता लैजान सजिलो हुन्छ । पहिला मैले धेरै यस्तै सामान बढी प्रयोग गर्थे”, उहाँले भन्नुभयो, “अहिले पहिला जस्तो चोयाबाट बनेको सामान पाउनै गाह्रो छ । अनि बजारमा प्लास्टिकको सामान प्रयोग गर्नै प¥यो ।”

चोयाबाट बनेका सामग्रीलाई व्यवसायीकरण गर्न नसकिएको स्थानीय ओमकुमारीले बताउनुभयो । यस्ता सामग्रीलाई सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले बजार प्रवद्र्धन र सीप हस्तान्तरण गर्न सहयोग गर्नुपर्ने ओमकुमारीको भनाइ छ । “चोयाबाट बन्ने घरेलु सामग्रीको उत्पादन नै घट्दै गएको छ । यो हाम्रो पुर्खौंदेखि चल्दै आएको प्रविधि पनि हो”, उहाँले भन्नुभयो, “यसलाई जोगाइराख्न सरकारी तथा गैह्रसरकारी सङ्घसंस्थाले बजार प्रवद्र्धन गर्न र सीप हस्तान्तरण गर्न सहयोग गर्नुपर्छ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।