इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

काठमाडौँ, ५ कात्तिक : इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौँ आइपुगेको छ ।

इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शवहरु नेपाल ल्याइएको हो । आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गए राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो ।

कैलालीका आशीष चौधरीको शव भने आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केवश साउदले जानकारी दिनुभयो । उहाँका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ ।

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।