इटहरीमा सवारी दुर्घटना,गौतमको मृत्यु
सुनसरी । सुनसरीको खनारमा भएको सवारी दुर्घटनामा परि इटहरीका एक युवाको मृत्यु भएको छ ।
दिउँसो भएको सवारी दुर्घटनामा परि इटहरी १ निवासी ३५ बर्षका इकार गौतमको मृत्यु भएको ईलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
गौतमले कुदाएको को २९ प २४२ नम्बरको मोटरसाइकल आफै अनयन्त्रित भई बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका गौतमलाई कोशी अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।-इटहरी खबरबाट


