बिधिवत रुपमा मौलो पुजा सम्पन्न
बिराटनगर, कार्तिक ६ गते । कोशी प्रदेश प्रहरी गण बिराटनगर परिसरमा रहेको मौलोमा बिधिवतरुपमा पूजाअर्चना तथा सङ्कल्प पूजन गरि मौलो पुजा सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मौलोमा बिधिवतरुपमा पूजाअर्चना तथा सङ्कल्प गर्नु भएको हो। शुभ साईतमा भएको पूजा अर्चना कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस भनि प्रहरीले परम्परागत रुपमा मौलो पूजा निरन्तररुपमा गर्दै आईरहेको छ ।


