सखिया नृत्य मार्फत जनचेतना छर्दै थारु समुदायका किशोरकिशोरी

कञ्चनपुर, ९ कात्तिक ः थारु समुदायले दसँैंका बेला आयोजना गर्ने सखिया नृत्यमा गाइने गीतमा जनचेतनाका शव्द पस्किन थालिएको छ । समाजमा हुने विकृति विसङगती विरुद्धका गीत समावेश गर्न थालिएका हुन् । परम्परागत सखिया नृत्यसँगै सुरिलो भाकामा सामूहिक रुपमा गाइने गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलिलासँगै कंश बध गरीएको प्रसङ्ग उल्लेख गरी लयवद्ध रुपमा गाइने गरिन्छ ।

परम्परागत गीतसँगै बालविवाह, चेलिवेटी वेचबिखन, छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सन्देश दिने खालका गीत गाउन थालिएको छ । वर्षौँदेखि समाजमा जरो गाडेर बसेको विकृति विसङ्गतीविरुद्ध व्यङ्ग कस्दै जनेचेतनामूलक गीतलाई समावेश गर्न थालिएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका मीना चौधरीले बताउनुभयो । “छोरीलाई छोरासरह व्यवहार गर्नुपर्छ, विद्यालय पठाउनुपर्छ, उमेर नपुगी विवाह गर्न पाईदैन भन्ने सन्देशमूलक कुरा राखेर गीत बनाएका छौँं” उहाँले भन्नुभयो, “नेपाली र थारु भाषालाई मिश्रण गरी मनोरञ्जन दिने र चेतना छर्ने किसिमले गीत बनाएर गाउन थालेका छौँ ।”

दसँैंको टीकापछि घर–घरमा पुगेर सखिया नृत्य देखाउनुपर्ने भएकाले सन्देमूलक कुराहरुलाई सबैको मनमस्तीस्कमा पु¥याउन थालिएको सखिया नृत्यक भावना चौधरीले बताउनुभयो ।

सखि अर्थात साथी, सहेली मिलेरसँगै नाच्ने, गाउने सामूहितकताको प्रदर्शन गर्ने सखिया नृत्यलाई समाज परिवर्तनका लागि मुख्य आधारका रुपमा लिएर जनचेतना छर्नेकार्यमा जुटेको उहाँको भनाइ छ ।“गीत सुनेर गाउँका घरमूली सचेत भएका छन्” उहाँले भन्नुभयो, “गीतलाई आकर्शक ढङ्गले गाउने र नृत्यलाई पृथक ढङ्गले प्रस्तुत गर्ने भएकाले यसलाई रुचाउन थालिएको छ ।”

“हे आमा मा म छोरी हैन र मलाई पनि पठाइदेउन स्कुल । चुटु मुतु फुल बारीमा फूल छ बुकी फूला सुग्घर सुग्घर गोही हुक्रा दर्शन देह आइहो ए मोरे गोही माया मार्के जिन जैइहो कोह्रे ।।”

गीतको अंश सुनाउँदै उहाँले भन्नुभयो, “गीतकाबीच विचमा सन्देशमूलक कुरालाई नेपालीमै आकर्शक ढङ्गले राखेर गाउन थालेपछि यी गीतको माग बढन थालेपछि गाउन थालेका हौँ ।” सखिया नृत्यको गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदीको बैठकबसी आयोजना गरिन्छ ।“समाजका प्रवुद्ध व्यक्तिको सहभागितामा कस्तो गीत गाउने, कसले मादल बजाउने र गायनमा अगुवाइ गर्ने भन्नु कुराको निक्र्यौल पहिलेनै गरिन्छ” थारु अगुवा विश्राम चौधरीले भन्नुभयो, “त्यसै क्रममा गीतको चयन गरिन्छ, गीत चयन गरिँदा समाज परिवर्तन गर्ने खालका कुरा समावेश गर्न थालेका हौँ, तीन वर्ष अघिदेखि यस्ता गीत गायन गरिन थालेका छन् ।”

गीतको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुँदा अहिले अभिभाक उमेर पुगेर मात्रै छोरीको विवाह गर्ने, छोरीलाई पनि छोरा जस्तै विद्यालयमा पठाउन थालेको उहाँले उल्लेख गर्नुभयो । गुरुवा(झाँक्रि)ले तान्त्रिकविधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरी यस नाचको प्रारम्भ गर्दछन् । सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा कम्तीमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यकोबीच बिचमा गीतलाई फरक–फरक भाका हालेर गाउने गरिन्छ ।

मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको थारु अगुवा नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई “मोह्न्यिा” भन्ने गरिन्छ । मोह्न्यिाको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ ।नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरुले नृत्य पस्कने गर्दछन् । जसलाई थारु भाषामा खोट (पैंया) भन्ने गरिएको छ । पैंया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरुले आफैं सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुने गरेको छ ।

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरुले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेस गर्नुपर्ने हुन्छ ।मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीहरुले रङ्गिविरङ्गी लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्यो लगाउने गर्दछन् । हातमा मैजरी लिएर मादलको तालसँर्गै महिलाले गीत गाउँदै बजाउने गर्दछन । सखिया नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने सशक्त माध्यमका रुपमा रहेको छ ।

धार्मिक मान्यता अनुरुप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हटने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास थारु समुदायमा रहेको छ । यसलाई अर्को शव्दमा थारु समुदायले धर्ती जाग्ना भन्ने गर्दछन ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।