सुनसरी र झापामा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

बिराटनगर, असोज ११ । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ ।

हिजो साझँ ५ बजे सुनसरीको दुहबी नगरपालिका-११ स्थितमा दक्षिणबाट उतरतर्फ जादैगरेको को ४ प ९१७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परेर को ४ प ९१७८ नम्बरको मोटरसाईकल चालक स्थानिय ५० बर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

यसैगरी आज बिहान साढे २ बजे सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थितमा प्र. १-०२-०४७ प ७७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको शहिदभूमी गाउँपालिका-१ का ४९ बर्षीय हरिभक्त राई घाईते भई उपचारको लागी धरानको घोपा क्याम्प लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसका साथै शुक्रबार साँझ ७ बजे झापाको गौरीगंज गाउँपालिका-५ स्थितमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को २८ प ३०८६ नम्बरको मोटरसाईकल चालक मोरङको रतुवामाई नगरपालिका-७ महदेवाका ६० बर्षिय कैला प्रसाद ताजपुरियाको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।