गाईपालनबाट मनग्य आम्दानी गर्दै रुक्मागत

नारायण विक ./ गल्याङ (स्याङजा), ११ कात्तिक ः स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारत लगायतका मुुलुुकमा १२ वर्ष बिताउनुुभयो । विदेशको कमाईबाट सन्तुुष्ट हुन नसकेपछि उहाँ स्वदेशमै स्वरोजगार बन्ने सोचका साथ गाउँ फर्कनुुभयो । न्यौपानेले गाउँ फर्किएपछि चार साथीहरुको सहकार्यमा भैँसीपालन व्यवसाय सुुरु गर्नुभयो ।

उत्तरवाहिनी पशुुपालन फार्ममार्फत पाँच वर्षअघि १५ वटा मुुर्रा जातका भैँसीबाट व्यवसाय सुुरु गर्नुभएका न्यौपानेको फार्ममा अहिले भने होलिस्टेन र जर्सी जातका १५ गाई छन् । गोठ र आवाससहित ३० रोपनी क्षेत्रफलमा फैलिएको फार्म संयुुक्त रुपमा रु ३२ लाखको लगानीबाट सुुरु गरिएको थियो । विविध कारणले सहकार्य गर्नुभएका साथीहरुले एक वर्ष नहुुँदै व्यवसायबाट हात झिकेपछि न्यौपानेले एक्लैले फार्म सञ्चालन गर्नुभयो ।

“सुुरुका दुुई वर्ष संयुुक्त रुपमा भैँसीपालन गरेका थियौँ, भैँसीपालनमा समस्या धेरै देखियो, फार्मको पूूर्ण अधिकार मसँग आएपछि गाई पाल्न सुुरु गरेको हुँ”, उहाँले भन्नुुभयो, “अहिले फार्ममा छवटा दुहुना, तीनवटा ब्याउने र सात बाच्छाबाच्छी छन् । उहाँले गाईपालनका लागि नेपियर, जौघाँस, मकैघाँसलगायत उन्नत जातका घाँससमेत लगाउनुुभएको छ ।

एउटा गाईले दैनिक सात देखि १५ लिटरसम्म दूूध दिने गरेको उहाँले बताउनुुभयो । दैनिक ५० लिटर दूध उत्पादन गर्दै आउनुुभएका उहाँले स्थानीय बजार र तुुल्सीभञ्ज्याङ साना किसान दुग्ध सङ्कलन केन्द्रमा दूूध बिक्री गर्दै आउनुुभएको छ । स्थानीय बजारमा प्रतिलिटर रु एक सयका दरले दूूध बिक्री भए पनि साना किसान दुग्ध सङ्कलन केन्द्रमा भने ल्याक्टो फ्याटका आधारमा दूूधको मूल्य पर्ने न्यौपानेले बताउनुुभयो ।

“दूूध बिक्रीबाट मासिक रु एक लाखदेखि डेढ लाखसम्मको कारोबार हुुन्छ, खर्च कटाउँदा रु ४०–५० हजार जति बचत हुन्छ”, न्यौपानेले थप्न्नुुभयो, “विदेशमा जस्तो कमाई नभए पनि परिवारको साथमा स्वदेशमै स्वरोजगार बन्न पाउँदा खुुसी छु ।” उहाँले गल्याङ नगरपालिकाले दिएको दूूधमा प्रतिलिटर रु १५ अनुुदान कार्यक्रमले हौसला मिलेको बताउनुुभयो ।

“जिल्ला भेटेरिनरीबाट र नगरपालिकाबाट चाँपकटरसहित हालसम्म छ लाखभन्दा बढीको अनुुदान पाएको छुु”, न्यौपानले भन्नुुभयो, “सरकारी निकायबाट राम्रो सेवासुुुविधा पाएको छुु ।” उहाँले गएको आर्थिक वर्षमा रु एक लाखको हाराहारीमा नगरपालिकाबाट प्रतिलिटर रु १५ अनुदान अन्तर्गतको रकम पाउनुभएको थियो ।

न्यौपानेको गाई फार्ममा हाल तीनजनाले रोजगार पाएका छन् । श्रीमती र छोरा व्यवसाय टिकाउनका लागि दरिलो सहारा बनेको उहाँको भनाइ छ । “म बजार जाँदा श्रीमतीले घाँसपानी र कुँडोको काम गरिदिँदा सहज बनेको छ”, न्यौपानेले भन्नुुभयो, “लम्पी स्किन रोगले सताए पनि गाईपालनमा खासै समस्या देखिएको छैन, बजार राम्रो भएकाले गाईपालनलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने सोच बनेको छ ।”

श्रीमती कमलाले विदेश छाडेर गाउँमै श्रीमान्सँग काम गर्न पाउँदा खुसी मिलेको बताउनुुभयो । “उहाँ विदेशमा हुँदा कहिले के हुुने हो भन्ने चिन्ता हुुन्थ्यो, चाडपर्वमा सबैलाई न्यास्रो लाग्थ्यो,” कमलाले भन्नुुभयो, “अहिलेसँगै हुँदा मलाई पनि धेरै सहारा मिलेको छ, सुखदुुःखमा सँगै हुन पाएका छौँ ।” उहाँले गाईपालन व्यावसायबाट आत्म सन्तुष्टि मिलेको बताउनुुभयो ।

नगरपालिकाका पशु शाखाप्रमुख सुशील अर्यालले नगरपालिकाले नगरभित्रका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर रु १५ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, निःशुल्क उपचार तथा प्राविधिक सेवा लगायतका सहयोग गरेको बताउनुभयो । उहाँले कृषकलाई हौसला दिन गोठगोठमै पु्गेर अनुगमन गर्ने, गुनासा टिपोट गर्ने र सल्लाह दिने गरिएको बताउनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।