नेतृत्व लिन अग्रसर हुँदै छन् छात्रा

टीकापुर (कैलाली), १२ कात्तिक ः बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन् ।

कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी बालिकालाई सहभागी गराउने गरिएको छ । उहाँ बालिका पनि अतिरिक्त क्रियाकलापमा बालकभन्दा अगाडि रहेका बताउनुहुन्छ । “हामीले हरेक क्रियाकलापमा छोरीलाई प्राथमिकता दिन थालेका छौँ, यहाँ हुने हरेक क्रियाकलापमा बालिका विजयी भएका उदाहरण छन्”, उहाँ भन्नुहुन्छ, “हाम्रो विद्यालयमा बाल क्लबको अध्यक्ष बालिका, विभिन्न सामूहिक कार्यमा छात्रा नेतृत्वमा छन् ।”

विद्यालयमा हुने बाल क्लब, कक्षा ‘मोनिटर’जस्ता कार्यमा पनि पछिल्लो समय बालिका अग्रसर हुँदैछन् । खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल विद्यालयले बालिकाको नेतृत्व विकासलाई प्राथमिकता दिएको, सामुदायिक विद्यालयमा बालिका बढी अध्ययनरत भएकाले बालिकाले पढाइको नतिजामा पनि नेतृत्व गरिरहेको बताउनुहुन्छ । “छात्र बोल्ने कलामा पनि छात्राभन्दा अगाडि छन्”, उहाँ भन्नुहुन्छ, “आठ कक्षा र एसइई परीक्षामा पनि छात्राको नतिजा राम्रो छ । यसले पनि उनीहरू नेतृत्व गर्न सक्षम छन् भन्ने देखाउँछ ।”

सामुदायिक विद्यालयमा अध्ययन गर्नेमा पनि छात्राका धेरै छन् । विद्यालयले पनि छात्रालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रयास गरिरहेको देखिन्छ । हिमालय मावि घीया पुछरीका प्रधानाध्यापक बुद्धिराम चौधरी पनि छात्रा बढी अग्रसर हुँदै गरेका बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ , “विद्यालयमा छात्राको सङ्ख्या धेरै छ । अवसर पनि उनीहरूलाई दिने गरेका छौँ ।”

नेपाल शिक्षक महासङ्घ टीकापुरका सभापति रघुनाथ उपाध्याय पनि विद्यालयमा नेतृत्व गर्ने हरेक भूमिकामा छात्रालाई प्राथमिकता दिने र छात्राहरू छोराभन्दा अब्बल बन्दै गएका अनुभव आफूले गरेका बताउनुहुन्छ । “सामुदायिक विद्यालयमा छोरीलाई अगाडि बढाउने थुप्रै प्रयास भएका छन्”, उहाँ भन्नुहुन्छ, “पालिकामा रहेका शिक्षा, स्वास्थ्य शाखाले पनि छोरीलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेका छन् ।”

नवदुर्गा आधारभूत विद्यालयका शिक्षिका सूर्या भट्टराई शिक्षकले पनि छात्राको हौसला बढाउने काम गर्नुपर्नेमा जोड दिनुहुन्छ । “छात्रालाई घरको काम पनि गर्नुपर्ने भएकाले उनीहरूलाई शिक्षा र अन्य अवसरका लागि नेतृत्व दिँदा शिक्षक जिम्मेवार बन्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “विद्यालयमा पनि सकारात्मक विभेद आवश्यक छ ।”

टीकापुर नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सङ्गीता शाह छोरी जन्मेदेखि नै अभिभावकमा छोरी नेतृत्व सम्हाल्न सक्छिन् भन्ने सोचसहित हुर्काउनुपर्नेमा जोड दिनुहुन्छ । ‘‘सशक्तीकरणका लागि छोरीलाई पनि तिमी जसरी पनि सक्षम हुनुपर्छ भनी उनीहरूको मनमा चाहना जगाइदिनुपर्छ”, उहाँ भन्नुहुन्छ, “छात्रालाई मानसिकरूपमा पनि सक्षम बनाउने, उसलाई आर्थिकरूपमा पनि सक्षम बनाउनका लागि शिक्षामा पनि बढी लगानी आवश्यक छ ।”

छोराको तुलनामा छोरी बढी संवेदनशील हुन्छन् । अझ छोरीलाई घर तथा भान्साको काम, भाइबहिनी स्याहारजस्ता कार्यको बोझ पनि थुपारिन्छ । सामाजिक परिवेशले छोरालाई जति अगाडि बढ्न सहज वातावरण छोरीका लागि छैन । छोरी पनि समाज, राष्ट्रका नेतृत्वकर्ता हुन् भन्ने अभिभावक तथा समाजले सोच्न र त्यही खालको वातावरण बनाउन आवश्यक छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।